आईपिओमा आवेदन दिएकाहरुलाई सिटी होटेलले ल्यायो छुट अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2023 | 05:57:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी होटेल लिमिटेडले कम्पनीको आईपिओमा आवेदन दिनेहरुको लागि  छुट अफर ल्याएको छ  । कम्पनीले आईपिओ परे पनि नपरेपनि आईपिओमा आवेदन दिएकाहरुको लागि आफुले संचालन गरिरहेको होटेल हायात प्यालेसमा छुट अफर ल्याएको हो 

कम्पनीका अनुसार अफर अन्तर्गत २ रातको पैसा तिरेर होटेलमा ३ रात बस्न सकिने छ । यसमा ब्रेकफास्ट कम्प्लिमेन्टरीको रुपमा समावेश हुने कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनीले  सबै खाना र नरम पेय पदार्थहरूमा १५ प्रतिशत छुट,  लाउन्ड्रि तथा ड्राई क्लिनिङ सेवाहरूमा २० प्रतिशत छुट, स्पा र सैलुन सेवाहरूमा २० प्रतिशत छुट , पूलमा डे पासमा ५० प्रतिशत छुट, र इभेन्ट स्थलमा विशेष छुट प्रदान गर्ने जनाएको छ । कम्पनीका अनुसार यो छुट अफर २०२३ सेप्टेम्बरसम्म लागु हुने छ र छुट सुविधा उपभोग गर्न कम्तिमा एक दिन अगाडी नै बुकिङ गर्नु पर्ने छ । 

सिटी होटेलले वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्रि खुला गरेको थियो ।  कम्पनीले गत वर्षको कार्तिक १५ बाट काठमाडौँमा पाँच तारे होटल ‘ह्यात प्लेस’ सञ्चालनमा ल्याएको छ । उक्त होटलमा गोल्यान ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका देशका प्रख्यात उद्योगीहरुको लगानी छ । १५३ ओटा कोठा रहेको उक्त पाँच तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल र ४०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved