हानका अध्यक्षको मौद्रिक नीतिमा सुझाव, ‘भारतीय पर्यटकले १ लाख लिएर आउन पाउने व्यवस्था गरिनुपर्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2023 | 11:09:59 AM मा प्रकाशित

laxmi  sunrise bank

होटल संघ नेपाल (हान) अध्यक्ष विनायक शाहले मौद्रिक नीतिमार्फत पर्यटन क्षेत्र चलायमान हुने खालको प्रवन्ध हुनुपर्ने माग गरेका छन् । नेपाल व्यवस्थापन संघ (म्यान)ले आयोजना गरेको मौद्रिक नीति पूर्वको छलफलमा हानका अध्यक्ष शाहले पर्यटन व्यवसाय विस्तारै लयमा फर्किने क्रममा रहेको भएपनि अहिले नै फर्किनसकेकाले कर्जाको पुर्नसंरचना र पुर्नतालिकीकरणको व्यवस्थाका लागि माग गरे ।

त्यस्तै, विदेशी पर्यटक नेपाल आउँदा उसले साटेको नेपाली रुपैयाँमै भूक्तानी गर्न सक्ने व्यवस्था मिलाइदिन पनि उनले माग गरेका छन् । 

त्यस्तै, भारतीय पर्यटकहरु नेपाल आउँदा २५ हजार रुपैयाँ मात्रै बोकेर आउनुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै हानका अध्यक्ष शाहले यो क्यापलाई हटाएर कम्तीमा १ लाख पुर्याउन पनि माग गरेका छन् ।

‘भारतीय पर्यटकहरु बढ्दो क्रममा छन्, तर उनीहरु नेपाल आउँदा २५ हजार भन्दा बढी लिएर आउन पाउँदैनन्’ अध्यक्ष शाहले भने, ‘यो क्यापलाई कम्तीमा १ लाख बनाइनुपर्छ ।’

त्यस्तै, युरोपका देशबाट आउने पर्यटकले प्रतिदिन ३ सय डलरभन्दा बढी रकम साट्न नपाउने व्यवस्था पनि पर्यटन क्षेत्रमैत्री नरहेको भन्दै उनले यसलाई हटाएर जति पनि साट्न पाउने व्यवस्था हुनुपर्ने माग गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved