नेपालमै पहिलो पटक अण्डरग्राउण्ड ग्यारेज पार्टी गर्दै होटल मेरियट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2023 | 08:54:58 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको नक्सालमा रहेको होटल मेरियट काठमाडौंले रात्रीकालीन ‘अण्डरग्राउण्ड ग्यारेज पार्टी’ आयोजना गर्ने भएको छ । आगामी शुक्रबार हुने पार्टीमा सहभागी हुनेहरूले रात्रीकालीन जीवनका अद्भुद् दृश्यहरूको मज्जा लिन सक्नेछन् । सहभागीहरूका लागि यो पार्टी अविष्मरणीय र नौलो हुने होटलले जनाएको छ ।

होटेलका अनुसार सो कार्यक्रममा देशकै चर्चित डिजेहरूको प्रस्तुती रहनेछ । यसकिसिमको रात्रीकालीन पार्टी यसअघि नभएको समेत होटलले जनाएको छ । बिपीएम, वाईएनजेडएन, ओ मान्शी लगायतका डिजेहरूले कार्यक्रममा मनोरञ्जन दिलाउनेछन् ।

कार्यक्रममा विभिन्न पेय पदार्थहरूको स्वादसँगै झुम्न सकिने होटलको भनाइ छ । होटलले विभिन्न किसिमका पेय पदार्थको समिश्रणमार्फत ककटेल स्वाद समेत दिलाउने बताएको छ। जसले दर्शकहरूलाई पार्टीको थप मज्जाको अनुभूति दिनेछ ।

होटलका क्लस्टर जनरल म्यानेजर विशाल मेहराले सो रात्रीकालीन पार्टी विर्षनै नसकिने प्रकृतिको हुने बताए । उनले भने,‘हामी हाम्रा पाहुनाहरूलाई नौलो तथा अद्भुद् अनुभूति प्रदान गर्नका लागि प्रतिवद्ध छौँ ।’

कति लाग्छ शुल्क ?

पार्टीमा जो कोहीले सहभागीता जनाउन सक्नेछन् । अहिले सहभागीताका लागि सीमित टिकट रहेको होटलले जनाएको छ । सहभागीताका लागि प्रतिव्यक्ति ९ सय ९९ रुपैयाँमा टिकट बुक गर्न सकिनेछ ।  सो शुल्कमा एउटा वियर समेत उपलब्ध हुने होटलले जनाएको छ । साथै होटलले भिआईपी प्याकेज समेत उपलब्ध गराएको छ, जुन ७५ हजार रुपैयाँबाट सुरू हुन्छ । जसमा ६ जना ग्राहक सहभागी हुन सक्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved