टाइगर प्यालेस रिसोर्ट किनेका एनआरएनले भने ‘नेपालमा कर तिर्छौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2023 | 04:43:27 PM मा प्रकाशित

laxmi  sunrise bank

भैरहवाको टाइगर प्यालेस रिसोर्ट किनेका गैर आवासीय नेपाली बुद्धि सागर सुवेदीले नेपालमा लाग्ने कर तिर्न तयार रहेको बताएका छन् । अष्ट्रेलियन समूहबाट १५ मिलियन डलरमा टाइगर प्यालेस रिसोर्ट किनेका सुवेदीले नेपालको कानुन अनुसार लाग्ने कर तिर्न आफू् नेतृत्वको समूह तयार रहेको बताएका हुन् ।

उनले आज पत्रकार सम्मेलन आयोजना गरेर रिसोर्टलाई पूर्ण रुपमा सञ्चालन गर्न अष्ट्रेलियन कम्पनीसँग खरिद गर्दाको १५ मिलियन डलरबाहेक थप ४ अर्ब लगानी चाहिने देखिएको पनि बताएका छन् ।

अदालतको आदेश, सम्पत्ति शुद्धिकरणको चासो लगायतका विषयमा पत्रकारले राखेको जिज्ञासामा कम्पनीका कानुनी सल्लाहकार महेश थापाले खरिद बिक्रिमा कुनै बाधा नपर्ने देखेरै यो कम्पनीले खरिद गरेको दाबी गरेका छन् ।

गैर आवासीय नेपालीले अमेरिकामा खडा गरेको कम्पनी हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडबाट १४ जुलाई २०२३ मा टाइगर प्यालेस रिसोर्ट खरिद गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved