सौराहामा सिद्धार्थ ग्रुपको लग्जरी रिसोर्ट 'सिद्धार्थ भिलासा बन्बास' आउँदै, एक अर्ब लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2023 | 05:22:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ हस्पिटालिटीले चितवनको सौराहामा लग्जरी रिसोर्ट 'सिद्धार्थ भिलासा बन्बास' दशैँ अगाडि सञ्चालनमा ल्याउने भएको छ । 'भिलासा' सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो ।

सिद्धार्थ बुटिक होटल बौद्धमा आयोजना गरिएको 'फेस टु फेस' कार्यक्रममा पर्यटन व्यवसायीहरूसँग बोल्दै सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले उक्त जानकारी दिएका हुन् ।

स्थानीय व्यवसायी बासु ढुङ्गानाले निर्माण गरेको रिसोर्टमा सिद्धार्थ ग्रुपले लगानीसहित व्यवस्थापनको जिम्मेवारी लिएको छ । रिसोर्टमा २२ भिल्लामा ३४ रुम रहेका छन् । 'बर्ड वाचिङ' थिमलाई प्राथमिकता दिइएको रिसोर्टका कोठाहरू चराको नामबाट नामाकरण गरिएका छन् ।

कम्पनीका अनुसार रिसोर्ट ४ बिघा क्षेत्रफलमा फैलिएको  छ । पाहुनाले रिसोर्ट परिसरकै तलाउमा 'फिसिङ' गर्न सक्नेछन् । सौराहाको हात्तीसार नजिकै भएकाले रुमबाटै हात्ती देख्न सकिन्छ । चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेको रिसोर्टले जिप सफारी, हात्ती सफारी, बोट सफारी लगायतका गतिविधि पनि गराउने छ । रिसोर्टमा स्विमीङ पुल, मसाज सहितको स्पा पनि रहनेछ । रिसोर्ट निर्माणमा करिब एक अर्ब लगानीको अनुमान गरिएको न्यौपानेले जानकारी दिए ।

लक्ष्मण न्यौपानेले भारतको रोजगारीबाट फर्केर २५ वर्षअघि कैलालीको टिकापुरमा सानो व्यवसायबाट सुरू गरेको व्यवसाय अहिले विस्तार भएर देशैभर फैलिएको छ ।

यस अघि ग्रुपले आफ्नो २५औं वर्षगाँठ पारेर भैरहवामा साढे २ अर्ब रूपैयाँ लगानीमा ग्रुपको पहिलो पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको जनाएको छ।भैरहवाको अञ्चलपुरमा रहेको यो होटल करिब ५ बिघा क्षेत्रफलमा फैलिएको ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले बताए ।

सिद्धार्थ हस्पिटालिटीले जुम्ला र इलाममा 'एग्रो टुरिजम' थिममा लक्जरी रिसोर्ट निर्माणको तयारी समेत गरिरहेको छ । जसअनुसार जुम्लामा स्याउ बगानसहितको लक्जरी रिसोर्ट रर इलामको चिया बगानभित्र लक्जरी रिसोर्ट निर्माण तयारी गरेको न्यौपानेले जानकारी दिए ।

ग्रुपले नेपालगञ्ज र सुर्खेतमा चार तारे सिद्धार्थ होटल तथा चन्द्रौटामा लग्जरी रिसोर्ट 'सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्ट' सञ्चालन गरिरहेको छ । चिसापानीको सिद्धार्थ रिसोर्ट,  पृथ्वी राजमार्गको चुम्लिङटारको सिद्धार्थ रिभरसाइड रिसोर्ट  रहेका छन् ।

बौद्धको सिद्धार्थ बुटिक होटल, बिर्तामोडको चार तारे स्ट्यान्डर्डको सिद्धार्थ होटल ग्राण्ड सिटी, नुवाकोटको सिद्धार्थ होटल वाटर टावर, टिकापुरको होटल सिद्धार्थ, सुन्धाराको होटल सिद्धार्थ यसै ग्रुप अन्तर्गतका होटल हुन् ।  बुटवल, नेपालगञ्ज, तिनकुने, घोबिघाट र पुरानो बानेश्वरमा सिद्धार्थ कटेज सञ्चालनमा छन् । ग्रुपले महाराजगञ्जमा २ वटा तथा तिनकुने र  नेपालगञ्जमा एक एक वटा गरि ४ वटा एस क्याफेको आउटलेट सञ्चालन ल्याएको छ । सिद्धार्थ हस्पिटालिटीमा २ हजार बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved