नेपालगञ्जको 'भ्यु होटल सिद्धार्थ' लाई साउथ एसियन ट्राभल अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2023 | 04:45:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बिजनेस ग्रुपद्वारा नेपालगञ्जमा सञ्चालित 'भ्यु होटल सिद्धार्थ' साउथ एसियन ट्राभल अवार्ड २०२३ बाट सम्मानित भएको छ । मिटिङ तथा कन्फ्रेरेन्स होटलररिसोर्टमा नेतृत्वदायी भुमिका खेलेको भन्दै सो अवार्डबाट होटललाई सम्मानित गरिएको ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले बताए ।

नेपाल सहित विभिन्न  ६ राष्ट्रको प्रतिनिधित्व रहेको यस संस्थाले हरेक वर्ष पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा क्रियाशील विभिन्न कम्पनीलाई अवार्ड दिँदै आएको छ । जसअन्तर्गत यस वर्षको सो अवार्ड होटल सिद्धार्थ नेपालगञ्जले पाएको हो ।

होटलका तर्फबाट सो अवार्डकार्यक्रममा ग्रुपका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपाने, कर्पोरेट सेल्स एण्ड मार्केटिङ म्यानेजर निर्पेश श्रेष्ठ र क्लस्टर सेल्स एण्ड मार्केटिङ म्यानेजर नविन भट्टले सहभागी थिए ।

होटल सिद्धार्थमा विभिन्न क्षमताका ६ वटा हल छन् । ११०० जनाभन्दा बढी अट्ने हल सहितका अन्य हलहरूमा विभिन्न सभारसम्मेलन गर्न सकिने होटलले जनाएको छ । फोर स्टार  स्ट्याण्डर्डको यस होटल वि.सं.२०६५ भदौदेखि सञ्चालनमा आएको हो ।

होटलमा स्विट, जुनियर स्विट, फ्यामिली स्विट, डिलक्स र स्ट्याण्डर्ड प्रकृतिका १२५ वटा रुम छन् । फाइभ स्टार स्ट्याण्डर्डको सेवाहरू दिँदै आएको यस होटलमा रेस्टुरेन्ट, इन्टरनेसनल कुजिन, रुफटम रेस्टुरेन्ट, पुल बार, डे डाइनिङ लगायतका सुविधा छन् । जहाँ ग्राहकले आफ्नो रुची अनुसारको अनुभव  लिन सक्नेछन् । होटलमा १३ हजार ५०० स्क्वायर फिटमा फैलिएको ब्याङ्क्वेट हल छ । साथै स्पा, सलोन र फिटनेस सेन्टर समेत रहेको छ ।

होटलबाट नजिकैको दूरीमा नेपालगञ्जको प्रसिद्ध बागेश्वरी मन्दिर, नेपालगञ्जको पूरानो बजार, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, सन्तानेश्वर मन्दिर, महेन्द्र पार्क लगायत छन् । जहाँ होटलका ग्राहकहरूले मज्जाले अवलोकन गर्न सक्नेछन् । लक्ष्मण न्यौपानेले भारतको रोजगारीबाट फर्केर २५ वर्षअघि कैलालीको टिकापुरमा सानो व्यवसायबाट सुरू गरेको व्यवसाय अहिले विस्तार भएर सिद्धार्थ ग्रुप देशैभर फैलिएको छ ।

ग्रुपको पहिलो पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको छ।  चितवनको सौराहामा सिद्धार्थको लग्जरी रिसोर्ट केही समय भित्रै खुल्ने बताइएको छ । सिद्धार्थ हस्पिटालिटीले जुम्ला र इलाममा ुएग्रो टुरिजमु थिममा लक्जरी रिसोर्ट निर्माणको तयारी समेत गरिरहेको छ । जसअनुसार जुम्लामा स्याउ बगानसहितको लक्जरी रिसोर्ट रर इलामको चिया बगानभित्र लक्जरी रिसोर्ट निर्माण तयारी गरेको न्यौपानेले जानकारी दिए ।

ग्रुपले नेपालगञ्ज र सुर्खेतमा चार तारे सिद्धार्थ होटल तथा चन्द्रौटामा लग्जरी रिसोर्ट ुसिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टु सञ्चालन गरिरहेको छ । चिसापानीको सिद्धार्थ रिसोर्ट,  पृथ्वी राजमार्गको चुम्लिङटारको सिद्धार्थ रिभरसाइड रिसोर्ट  रहेका छन् । बौद्धको सिद्धार्थ बुटिक होटल, बिर्तामोडको चार तारे स्ट्यान्डर्डको सिद्धार्थ होटल ग्राण्ड सिटी, नुवाकोटको सिद्धार्थ होटल वाटर टावर, टिकापुरको होटल सिद्धार्थ, सुन्धाराको होटल सिद्धार्थ यसै ग्रुप अन्तर्गतका होटल हुन् ।

 बुटवल, नेपालगञ्ज, तिनकुने, घोबिघाट र पुरानो बानेश्वरमा सिद्धार्थ कटेज सञ्चालनमा छन् । ग्रुपले महाराजगञ्जमा २ वटा तथा तिनकुने र  नेपालगञ्जमा एक एक वटा गरि ४ वटा एस क्याफेको आउटलेट सञ्चालन ल्याएको छ । सिद्धार्थ हस्पिटालिटीमा २ हजार बढीले प्रत्यक्ष रोजगारी पाएका कम्पनीले जनाएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved