हानको दशैं परिकार उत्सवमा पर्यटकको उच्च आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2023 | 01:33:08 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल संघ नेपाल (हान) ले सदस्य होटलहरुमार्फत सञ्चालन गरेको दशैं परिकार उत्सवमा पर्यटकहरुको उत्साहजनक रुची बढेको छ ।

सो उत्सव सञ्चालन गरेका झापास्थित होटल किङ्सबेरी र मेची क्राउन, भैरहवाको टाइगर प्यालेस, मनिग्रामको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, बुटवलको ड्रिम इन्टरनेशनल होटल, चितवनको जंगल सफारी लज, पोखराको होटल बाराही र काठमाडौंका एयरपोर्ट होटल, अलफ्ट होटल, द्वारिकाज होटल र नेपाली घर लगायतका सदस्य होटलहरुमा पर्यटक तथा स्थानीयहरुको राम्रो सहभागिता रहेको र फुलपाति पछि सुरु हुने सार्वजनिक बिदा अवधिमा अग्रिम बुकिङ समेत बढेको संघले विज्ञप्तिमार्फत जनाएको छ ।

होटलहरुले दशैंमा खाइने खासगरी थरिथरीका मांसाहारी परिकार पर्यटकहरु माझ आकर्षक छुटका साथ पेश गरेका छन् । घटस्थापनादेखि कात्तिक ११ गते कोजाग्रत पूर्णिमासम्म १५ दिन सञ्चालन हने सो कार्यक्रमले पर्यटकहरु माझ दशैं बिदाको रौनक थप्नुका अतिरिक्त रैथाने खाना प्रवद्र्धन गर्ने उद्देश्य रहेको होटल संघ नेपालले जनाएको छ ।

काठमाडौंमा जारी गैर आवासीय नेपालीहरुको विश्व सम्मेलनका संसारभरबाट आएका सहभागीहरु र विदेशी नियोगहरुमा कार्यरत विदेशीहरु, कर्पोरेट ग्राहकहरु र आन्तरिक पर्यटकहरुको समेत उत्सवमा उल्लेखनीय सहभागिता रहेको पनि जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved