नेपाल भित्रियो अन्तराष्ट्रिय चेन होटेल ‘होलिडे इन एक्सप्रेस’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2023 | 12:15:08 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय चेन होटेल ‘होलिडे इन एक्सप्रेस’ नेपाल भित्रिएको छ । अन्तराष्ट्रिय चेन आइजिएचको ‘होलिडे इन एक्सप्रेस’ ब्रान्ड पहिलोपटक नेपाल भित्रिएको हो । 

हस्तकला निकासीकर्ता नरेशलाल श्रेष्ठ, महेश्वर श्रेष्ठ र सुजित श्रेष्ठले २ अर्ब लगानीमा होलिडे इन एक्सप्रेस होटेल सञ्चालनमा ल्याएका हुन् । होटेलमा १ सय वटा कोठा रहेका छन् । कोठाको मूल्य ८० देखि १ सय डलरसम्म तोकिएको छ । 

२ रोपनी क्षेत्रफलमा फैलिएको होटेलमा २ वटा बैंक्वेट हल र २ वटा रेस्टुरेन्ट रहेका छन् । होटेलसँगै अर्को २ रोपनी क्षेत्रफलमा सपिङ मल, बैंक्वेट हल, स्वीमिङ पुल, गेमिङ जोन निर्माण गर्ने तयारीमा लगानीकर्ता छन् । 

होटेलको उद्घाटन संस्कृति पर्यटनमन्त्री सुदन किराँतीले गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved