नेपाल कै पहिलो ‘ह्यात सेन्ट्रिक होटेल’ बन्ने भयो सोल्टीमोडको ह्यात प्यालेस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2024 | 11:12:34 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटी होटेलले काठमाडौँको सोल्टीमोडमा संचालक गरिरहको ह्यात प्यालेसलाई  ‘ह्यात सेन्ट्रिक’को रुपमा रिब्राण्डिङ गरिने भएको छ। अमेरिकाको न्युयोर्क स्टक एक्सचेन्जमा सुचिकृत ह्यात होटेल्स कर्पोरेशन र नेपालको स्टक एक्सचेन्जमा सुचिकृत सिटी होटेल लिमिटेडबीच ह्यात प्यालेसलाई  ‘ह्यात सेन्ट्रिक’को रुपमा रिब्राण्डिङ गरि देश कै पहिलो ‘ह्यात सेन्ट्रिक होटेल' बनाउने सम्झौता भएको हो । 

यसको लागि होटेलको प्रवेशद्वार, लबी क्षेत्र, बार तथा लाउन्जको पुननिर्माण गरि अन्य परिस्कृत सुविधा थपिने होटेलले जनाएको छ।  ‘ह्यात सेन्ट्रिक होटेल' को ब्राण्ड अनुसार रहने गरि पुननिर्माणको कार्य गरिने कम्पनीले जनाएको छ ।

हाल विश्वका ठूला शहरहरु न्युयोर्क, म्याड्रिड, मुम्बई, बेंगलोर, तोकियो, हंगकंग, सिकागो लगायतका शहरमा   ‘ह्यात सेन्ट्रिक’ होटेलहरु छन्। नेपालमा भने यो पहिलो  हुने छ। ह्यातका लागि भारत र दक्षिण पश्चिम एशियाका उपाध्यक्ष ध्रुब राठोरले नेपालमा पहिलो ह्यात सेन्ट्रिक होटलको उद्घाटनलेसंगै यस क्षेत्रमा कम्पनीको पोर्टफोलियो थप सुदृढ हुने र  नेपाल पनि प्राथमिकताको बजारको रुपमा रहने बताएका छन्।

होटेलका कार्यकारी निर्देशक अक्षय गोल्यानले होटेलको रिब्राण्डिङपछि पाहुनाहरुले असाधारण र अविस्मरणीय अनुभव गर्न सक्ने र सेवा थप प्रभावकारी हुने बताए। उनका अनुसार रिब्राण्डिङको काम ६ महिना भित्र सकिने छ । हाल प्रदान भईरहेको सेवा प्रभावित नहुने गरि रिब्राण्डिङको कम गरिने उनले बताए । 

होटलमा १५३ कोठा छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved