अस्पतालको शैयाबाट प्रधानमन्त्रीको शन्देश, ‘म काममा फर्किन तयार भईसकेँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2019 | 12:51:44 PM मा प्रकाशित

laxmi  sunrise bank

अस्पतालको शैयाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चाँडै काममा फर्कने शन्देश पठाएका छन् । रगतमा क्रेटिनेन र युरिनको मात्रा बढेपछि धापासीस्थित ग्राण्डी अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीले आफू काममा फर्कन आतुर रहेको शन्देश पठाएका हुन् । 

डाक्टर राउण्डमा आएको बेला प्रधानमन्त्रीसँग संक्षिप्त भेट गरेर फर्किएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले प्रधानमन्त्रीको हालको उपचार सकिएको जानकारी दिए । उनले भने, ‘यो चरणको उपचार लगभग सकिएको छ भन्ने जानकारी अस्पतालले दिएको छ ।’ 

‘प्रधानमन्त्रीले अस्पतालबाट चाँडै निस्किहाल्छु भन्नुभयो’, अर्यालले भने, ‘उपचारमा संलग्न डाक्टरहरले भने प्रधानमन्त्रीज्यूलाई लामो समय आराम गराउन खोजेको जस्तो देखिन्छ ।’ ‘अस्पतालमै राखेर अबजर्भेसन गर्दा राम्रो हुने सुझाव पनि चिकित्सकले दिएका छन्, चिकित्सकहरुको सुझाव र मनशाय प्रधानमन्त्री ज्यूलाई आरामको जरुरुत छ भन्ने देखियो ।’

प्रधानमन्त्री ओलीको हिजो बुधबार र आज डायलाइसिस गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved