बच्चा बोकेकी महिलालाई प्रहरीले लाठी हान्नुको वास्तविकता यस्तो छ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2020 | 02:46:48 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीले बच्चा बोकेकी महिलालाई लाठी प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले बच्चा बोकेकी एक महिलालाई लाठी हानेको भिडियो भाइरल भएको हो ।

नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्री र अर्की एक महिला माला शाहबीच भएको विवादका क्रममा पौडेलले महिलालाई लाठीले हानेका हुन् । प्रहरी निरीक्षक पौडेलले बिहीबार बच्चा बोकिरहको अवस्थामा हेमा श्रेष्ठलाई लाठी हानेका हुन् ।

महानगरीय प्रहरी वृत्त, भैंसेपाटीका इञ्चार्ज समेत रहेका पौडेलले भने अर्काको घरमा छिरेर तोडफोड गरेपछि सामान्य बल प्रयोग गरिएको प्रतिक्रिया दिएका छन् । 

सेनाबाट अवकाश प्राप्त सहायक रथी खत्रीले तीन महिलाले आफूमाथि कुटपिट गरेको भन्दै भदौमा उजुरी दिएका थिए । उजुरीमाथि सुनुवाई गर्ने क्रममा शाह र खत्रीको सम्बन्ध सतहमा आएपछि अनुसन्धान नै मोडिएको थियो । 

शाहले खत्री आफ्नो श्रीमान भएको दाबी गरिन्, तर खत्रीले भने कुनै सम्बन्ध नरहेको दाबी गरे । प्रहरीले शाहलाई वकिलको सहायतामा अदालत गएर श्रीमान प्रमाणित गराउन सुझाव दिएका थिए । त्यसपछि हेम खत्रीको घरमा महिला अधिकारकर्मी भन्दै विभिन्न व्यक्तिले धर्ना दिन थालेका थिए ।

घटना भएको दिन बिहीबार पनि महिलाको एक समूह धर्ना दिन पुगेको थियो । उनीहरुले खत्रीको घरभित्रै छिरेर तोडफोड गर्न थालेपछि खबर प्रहरीमा पुग्यो । खबर पाएपछि प्रहरी निरीक्षक पौडेल नेतृत्वको टोली उनको घरमा पुगे र बच्चासहित बसेकी महिलालाई लाठी हाने । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved