भैरहवाको भिम अस्पतालबाट २५ संक्रमित निको भएर र्फकिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2020 | 01:13:48 PM मा प्रकाशित

laxmi  sunrise bank

भैरहवाको भिम अस्पतालमा उपचारार्थ कोरोनासंक्रमित २५ जना निको भएर  घर फर्किएका छन् ।

रुपन्देही गैँडहवा गाउँपालिकाका १० जना, कपिलबस्तुका पाँच जना, नवलपरासीका तिन जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाका पाँच जना, सिद्धार्थनगर नगरपालिकाका एक जना र भारतका एक जना गरि जम्मा २५ जना डिस्चार्ज भएको भिम अस्पतालका  मेसु डा नबिन दर्नालले बताए ।

प्रदेश नम्बर ५ का सामाजिक बिकासमन्त्री सुदर्शन बरालले डिस्चार्ज भएका बिरामीहरुलाई पुष्प र खादा ओडाई बिदाई गरेका हुन् । डिस्चार्ज भएका बिरामीहरुले हर्षित हुँदै भिम अस्पतालका कार्यरत चिकित्सकलाई धन्यवाद दिँदै नाच-गान गर्दै बिदा भएका थिए । योसँगै प्रदेश पाँचमा कोरोना जितेर घर फर्किनेको संख्या ७७ पुगेको जनाइएको छ । 

हाल प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ५६८ पुगेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved