सोमबार काठमाडौँ उपत्यकाका ४४ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका ३६ जना र ललितपुर तथा भक्तपुरका ४/४ जनामा कोरोना देखिएको हो ।
यससंगै उपत्यकामा कोरोना संक्रमितको जम्मा संख्या १ हजार ७४ जना पुगेको छ । पछिल्लो समय उपत्यकामा कोरोना सक्रमित बढ्दै गएका छन् । हिजो मात्रै उपत्यकाका ९२ जनामा कोरोना देखिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म ७९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।