आज बुधबार २ पटक भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको १ घण्टा पनि नबित्दै अर्को भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे नै केन्द्र भएर अर्को भूकम्प गएको हो । केन्द्रका अनुसार बिहान ६ बजेर १० मिनेटमा ३.८ म्याग्नेच्युडको भूकम्प गएको हो ।
बिहान ५ बजेर १९ मिनेटको भूकम्प भने राजधानी काठमाडौँ लगायत देशका विभिन्न स्थानमा महशुस भएको थियो । भूकम्पको धक्काका कारण उपत्यका लगायतका ठाउँहरुमा मानिसहरु घर बाहिर निस्किएका थिए ।