गोङ्गबुको श्रेष्ठ मिलमा राखिएको २ सय बोरा चामल बिक्रीमा रोक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2020 | 02:36:03 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरको उपभोक्ता हित संरक्षण समितिले गोङ्गबुमा रहेको एक मिलको चामल बिक्रीमा रोक लगाएको छ । बजार अनुगमनका क्रममा गोङ्गबु चोक नजिकै सञ्चालनमा रहेको श्रेष्ठ राइस एण्ड चिउरा मिलमा राखिएको चामलको बोरामा उत्पादक तथा उपभोग्य मिति नै नराखिएको भेटिएपछि बिक्रीमा रोक लगाएको हो । 

महानगका कृषि विभागका प्रमुख एवं अनुगमन अधिकृत हरिवहादुर भण्डारीका अनुसार उक्त मिलमा राखिएको ३० किलोका २ सय बोरा चमलको खरिद बिल नभएको, खुद्रा वा अधिकतम मूल्य नभेटेपछि बिक्रीमा रोक लगाईएको हो । अनुगमन टोलिले उक्त मिललाई आवश्यक काजगपत्र लिएर आउन निर्देशन दिईएको छ । मिलका सञ्चालकले उपभोक्ताले धान ल्याउने र कुटेर लैजाने गरेको भनेतापनि मिलको नाम रहेको बोरा देखिपछि अनुगमन टोलिके थप अनुसन्धान गरेका थिए । 

यसैगरी समितिले आईतबार नै प्लाष्टिकको थैलोमा राखेर बजार लैजाने क्रममा रहेको २५ प्याकेट पानीपुरी र १५ प्याकेट चाउमिन बरामद गरेको छ । गोपीकृष्ण खाद्य उद्योगबाट उत्पादन भएका उक्त सामग्री खुल्ला बिक्री गरिएको भन्दै तत्काल नष्ट गरिएको महानगरले जनाएको छ ।  

सानो भञ्याङमा सञ्चालित माँ भवानी टे«डर्समा मूल्य सूची नराखेको, खरिद बिक्री बिल अद्यावधिक नगरेको, म्याद सकिएका सामान राख्ने ठाउँ नबनाएको भेटिएपछि आवश्यक कागजपत्रसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिईएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved