पूर्व क्रिकेटर कपिल देवलाई हृदयघात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2020 | 12:53:15 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय पूर्व क्रिकेटर कपिल देव अस्पताल भर्ना भएका छन् । भारतीय क्रिकेट टीमका पूर्व कप्तान समेत रहेका कपिल देवलाई शुत्रबार हृदयघात भएको थियो ।

हृदयघात पछि उनलाई दिल्लीस्थित फोर्टिस इस्कर्टस् हर्ट इन्स्टिच्यूटमा भर्ना गरिएको छ । कपिल देवले भारतलाई सन् १९८३ मा पहिलो पटक विश्व कप क्रिकेटको उपाधि दिलाउने कप्तान पनि हुन् । भारतका विभिन्न नेता, कलाकारहरु, विशिष्ट व्यक्तिहरुले उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved