प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को इजलास कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 05:09:44 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका सबै रिट निवेदनमाथि संवैधानिक इजलासमा भएको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखिएको छ । अब अर्को संवैधानिक इजलास शुक्रबार बस्ने भएको छ । 

संवैधानिक इजलास र बृहत् पूर्ण इजलासका सम्बन्धमा भएको बहस नसकिएपछि हेर्दाहेदैमा राखिएको हो । यो मुद्दाको सुनुवाई बृहत् पूर्ण इजलासमा हुनु पर्ने माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, रमणकुमार श्रेष्ठ, हरि उप्रेती, दिनेश त्रिपाठी, डाक्टर चन्द्रकान्त ज्ञवाली, शम्भु थापाले बुधबार बहस सुरु गरेका छन् । उनीहरुले पाँच न्यायाधीशले मात्र न्याय निरुपण गर्न कठिन हुने भएकाले बृहत् पूर्ण इजलास राखि कम्तीमा ११ जना न्यायाधीशमार्फत सुनुवाइ र फैसला गर्नुपर्ने माग गरेका छन् । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved