काठमाडौं उपत्यकामा १५ दिन लकडाउन गर्ने मन्त्रिपरिषद्को निर्णय, सिसिएमसिको प्रस्ताव पनि परिमार्जन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2021 | 11:11:00 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय सरकारले उपत्यकाका तीन जिल्लामा १५ दिन निषेधाज्ञा  लकडाउन गर्ने निर्णय गरेको छ। आज साँझ अबेर गरि बसेको मन्त्रिपरिषदको बैठकले प्रमुख जिल्ला अधिकारीहरुको निर्णय परिमार्जन गर्दै उपत्यकाका तीन जिल्लामा १५ दिन लकडाउन गर्ने निर्णय गरेको हो। 

उपत्यकामा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेकाले अहिलेको अवस्थालाई न्यूनीकरण गर्नलाई कम्तिमा १५ दिन आवश्यक पर्ने निष्कर्ष सहित आज बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अवधि बैशाख ३१ सम्म पुर्याउने  निर्णय गरेको बताइएको छ। आज दिउँसो बसेको काठमाडौँ, भत्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १६ बैशाखदेखि २२ बैशाखसम्म एक साता लकडाउन गर्ने निर्णय गरेका थिए ।

भोलिदेखि नै स्वास्थ्य मापदण्ड लागू गर्न कडाइ गर्ने र बैशाख १६ देखि ३१ सम्म लकडाउन गर्दा कोभिडको प्रभाव न्यूनीकरण हुनेमा सरकारको बिश्वास रहेको छ। यदि अवस्थामा सुधार नभए म्याद थप गर्न सकिने आजको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ। 

- १६ गतेबाट निजि गाडी पनि चल्न नपाउने, अत्यावश्यक बाहेकका गाडीलाई काठमाडौँ छिर्न रोक

१६ गतेदेखि पसल पनि बन्द, खाद्य सामाग्रीको पसल खोल्न समय तोकियो

- १६ गते बिहान ६ बजेदेखि काठमाडौँमा निषेधाज्ञा, के के गर्न पाइदैन ? (सुचीसहित)

त्यस्तै मन्त्रिपरिषदको आजको बैठकले अवस्थाअनुसार लकडाउन गर्ने वा नगर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ। तर यसका लागि संघीय सरकारले मापदण्ड तय गरेको छ। जसअनुसार पहाडका जिल्लाहरुमा २ सय भन्दा बढी तथा शहरमा ५०० भन्दा बढी कोभिड संक्रमितको संख्या भएमा स्थानीय तहले लकडाउन गर्न सक्नेछ। 

लकडाउनको अवधिमा परिमार्जन गरीएपनि यस अवधिमा गर्न पाइने र नपाइने बिषयहरुलाई भने मन्त्रिपरिषदको बैठकले यथावत राखेको छ। प्रमुख जिल्ला अधिकारिहरुले गरेको निर्णयअनुसार अत्यावश्यक बाहेकका सवारी काठमाडौँ प्रवेश गर्न पाउने छैनन्। 

अत्यावश्यक सामग्री बोकेका सवारीसाधन, बढीमा २ जना बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्ने गाडी, बाहेक अन्य गाडी काठमाडौँ प्रवेश गर्न पाउने छैनन् ।अत्यावश्यक गाडीमा भने उल्लेख गरि चल्न पाउने छन्  । सरकारी कार्यालय र सेवा प्रदायकको हकमा भने संस्थाले जारि गरेको पासले गाडी चल्न पाउने छ ।

हेर्नुस सूचना:

May be an image of text

May be an image of text

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved