१६ गतेदेखि पसल पनि बन्द, खाद्य सामाग्रीको पसल खोल्न समय तोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2021 | 07:08:29 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा पसल खोल्नको लागि समय तोकिएको छ । बैशाख १६ गते बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले पसल खोल्ने समय तोकेको हो ।

जस अनुसार खाद्य सामाग्री , औषधि र स्वास्थ्य सामग्री बाहेकका पसल ब्यबासाय खोल्न नपाइने भएको छ । खाद्य सामाग्रीका पसल बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्न पाइने छ। त्यस्तै डिपार्टमेन्टल स्टोरमा ग्रोसरी कक्ष मात्र खोल्न पाइने छ । 

 जिल्ला प्रशासन कार्यालयले बैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो । यस अवधिमा सार्वजनिक सवारी, निजि सवारी चलाउन पाइने छैन । त्यस्तै कुनै पनि सभा सम्मलेन आदि गर्न पाइने छैन । विवाहको हकमा १५ जना मात्र जम्मा भएर विवाह कार्यक्रम संचालन गर्न पाइने छ । यस अवधिमा बैंकहरु भने खुला नै रहने छन् ।

हेर्नुस सूचना : 

May be an image of textMay be an image of text


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved