वन तथा जडिबुटीजन्य वस्तुबाट अधिकतम लाभ लिने उपायबारे छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2024 | 10:04:57 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्र अन्तर्गतको वन तथा जडिबुटी प्रवद्र्धन उपसमितिको बैठक सम्पन्न भएको छ । वन तथा जडिबुटीजन्य वस्तुहरुलाई मूल्य श्रृखलामा जोड्दै निर्यात प्रवद्र्धनमा जोड दिने उद्देश्यले गठित उपसमितिको बैठक संयोजक मनोज चापागाइको अध्यक्षामा सम्पन्न भएको हो ।

बैठकमा प्रमुख अतिथिको रुपमा बोल्दै कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले नेपालमा वन तथा जडिबुटीका वस्तुहरुबाट व्यवसायीहरुले अधिकतम लाभ हासिल गर्न सक्ने सम्भावना अधिक रहेकाले वस्तुको निर्यात गर्न, व्यवसाय प्रवद्र्धन गर्न, आवश्यक ऐन, नीति नियम निर्माण गर्न, कर, भन्सार, प्रशासनिक कार्यहरुमा आएको समस्या समाधान गर्न कृषि उद्यम केन्द्र सदा तत्पर रहेको बताएका छन् । रुद्राक्षलाई मालाको रुपमा भन्दा अझ विविधिकरण गदै, उपभोक्तालाई आर्कर्षित गर्ने वस्तुहरुको उत्पादन गदै मूल्य अभिवृद्धि गरी बजारीकरणमा जोड दिन सकेको खण्डमा उद्यमशिलताको विकास हुनका साथै स्थानीय स्तरमा रोजगारी श्रृजना गर्ने तर्फ व्यवसायीहरु लाग्नुपर्ने उनको भनाइ छ ।

हाल देखिएको नीतिगत सुधार लगायत अन्य विषयमा सरोकारवालाहरु बीच छलफल भइ प्राप्त सुझावलाई सम्बन्धित मन्त्रालयमा पेश गरी संशोधनको लागी पैरवी गर्ने प्रतिवद्धता समेत सभापति बस्नेतले व्यक्त गरेका छन् । 

कृषि उद्यम केन्द्रका सह–सभापति राज कुमार कार्कीले यो उपसमिति आति नै महत्वपूर्ण रहेकोले सरोकारवालाहरुको समस्यालाई उठान गर्ने उपयुक्त मन्च पाएकोले यसका जल्दो बल्दो समस्याहरुलाई समाधान गर्न केन्द्र तयार रहेको बताएका छन् । 

बैठकमा संयोजक मनोज चापागाइले निर्यात गर्दा भन्सार तथा एयरर्पोटमा हुने समस्या, वस्तुको प्रचार प्रसार तथा प्रवद्र्धन गर्न नसकिएकोले यसको सही बजारीकरणमा समस्या रहेको र अझ यसको प्रवद्र्धन गर्न अन्तराष्ट्रिय मेलामा सक्रिय सहभागि हुनु पर्ने आवश्यकता औल्याए । उनले विदेशमा रहेका महावाणिज्यदूत लगायत दूतावासहरुले समेत प्रचार प्रसार गर्ने व्यवास्था गर्ने हो भने रुद्राक्षसहित वन तथा जडिबुटीजन्य वस्तुहरुले सही मुल्य पाउने देखिएकोले नेपाल सरकारबाट यसको प्रवद्र्धनको लागी सहयोग भएको खण्डमा बढी भन्दा बढी निर्यात भई विदेशी मुद्रा भित्राउन सक्ने सम्भावना रहेको बताए । 

बैठकमा उपसमितिका सदस्यहरु अगम सिंह राई, अनिश अग्रवाल , शालिक राम थापा र कृषि उद्यम केन्द्र कार्यवाहक प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र कुमार जोशी समेत उपस्थित थिए । कार्यक्रमको संचालन कृषि उद्यम केन्द्र बरिष्ठ कार्यक्रम अधिकृत अरुण श्रेष्ठले गरेका थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved