नेपालको वन क्षेत्र बढेको छ, हाइड्रोको लागि रुख काट्ने कानुन फेर्नु पर्छ : अर्थमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2024 | 05:45:32 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय अर्थमन्त्री डा. प्रकाश शरण महतले वन सम्बन्धि अहिलेको विद्यमान कानुन बदल्नु पर्ने बताएका छन्  । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान र पुनर्बीमा ब्रोकर कम्पनी 'एवान इन्स्योरेन्स ब्रोकर्स' को आयोजनामा आज आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री महतले यस्तो बताएका हुन् ।

नेपालीहरु विदेश पलायनको कारण वनको क्षेत्र बढिरहेकोले वन समबन्धि पुरानो नीति फेर्नु पर्ने उनले बताए। जलविद्युत बीमा 'नीति र दृष्टिकोण ' सत्रमा बोल्दै मन्त्री महतले हाइड्रोपावरको लागि अहिलेको नियमले समस्या भएको आफु जानकार रहेकोले नीति फेर्न लागिरहेको बताए 

उनले भने 'नेपालीहरु विदेश पलायन हुँदा वनको हिस्सा २७ प्रतिशतबाट बढेर ४५ प्रतिशत पुगेको छ, अब वन सम्बन्धि पुरानो नीति फेर्नु पर्छ ।' मन्त्रिपरिषदको उपसमितिको बैठकमा यस समबन्धि छलफल भएको वन समबन्धि अहिलेको नियम छिट्टै फेरिने विश्वास उनले व्यक्त गरे 

आजको कार्यक्रममा जोडदार रुपमा उठेको ट्यारिफलाई नन् ट्यारिफमा लैजाने प्रस्तावमा आफु पूर्ण रुपमा सहमत रहेकोले यसबारे आवाश्यक निर्देशन दिने उनले बताए । मन्त्री महतले हाइड्रोपावरको लागि पुनर्कर्जा दिने व्यवस्थालाई निरन्तरता दिनलाई पनि आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved