जीवन विकास लघुवित्तको खुद नाफा २६ करोड ६५ लाख, वितरणयोग्य मुनाफा ६५ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2024 | 02:05:51 PM मा प्रकाशित

laxmi  sunrise bank

जीवन विकास लघुवित्तले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । विवरण अनुसार तेस्रो त्रैमासमा जीवन विकास लघुवित्तले २६ करोड ६५ लाख खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा १९.०४ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३२ करोड ९२ लाख खुद नाफा कमाएको थियो । 

खुद नाफा घटेपनि कम्पनीको वितरणयोग्य मुनाफा भने ६५ करोड ५६ लाख रहेको छ। जुन कम्पनीको खुद नाफाको तुलनामा दोब्बर भन्दा पनि बढी हो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि  १ अर्ब १९ करोडबाट घटेर १ अर्ब १५ करोड कायम भएको छ । कम्पनीको संचालन मुनाफा पनि ४७ करोड ३ लाखबाट घटेर ३८ करोड ७ लाख कायम भएको छ।  कम्पनीले यस अवधिमा सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज शिर्षक अन्तर्गत ४६ करोड ७३ लाख छुट्याएको छ ।

१ अर्ब ३४ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिटेन अर्निंगमा ६५ करोड ५६ लाख र रिजर्भमा १ अर्ब २७ करोड रहेको छ । 

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २६ रुपैयाँ ३७ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २४३ रुपैयाँ ५ पैसा रहेको छ । कम्पनीको खराब कर्जा  ४.९१ प्रतिशतबाट घटेर ४.७९ प्रतिशत कायम भएको छ ।  

 कम्पनीले आफ्नो व्यवस्थापकीय विश्लेषणमा आर्थिक वर्ष २०८०/०८१ को तेश्रो त्रैमासिक अवधिमा वित्तीय संस्थाको मौज्दात र तरलता सामान्य घटेको र आम्दानी गत त्रैमासिक भन्दा वृद्धि भएको उल्लेख गरेको छ । तर गत आ.व. को सोही अवधिको तुलनामा आम्दानी पनि घटेको कम्पनीले जनाएको छ। यस अवधिमा बाह्य कारणले गर्दा वित्तीय कारोवारमा असर पर्न गई व्यवस्थापकीय योजना अनुरुप नतिजा प्राप्त गर्न नसकिएको कम्पनीले उल्लेख गरेको छ । लघुवित्त क्षेत्रमा देखिएका समस्याहरु हालसम्म पनि समाधान नभएकोले चालु आ.व. २०८० / ०८१ को तेश्रो त्रैमासिक अवधिसम्ममा संस्थाको आम्दानीमा योजना अनुसारको सुधार नभएको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved