राजनीतिमा तरङ्ग: देउवाले आफ्ना मन्त्रीसँग गरे छलफल, बालुवाटारमा ओली र प्रचण्डबीच भेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2024 | 08:34:26 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार अचानक नेपालको राजनीतिमा नयाँ तरङ्ग आएको छ। शिर्ष राजनीतिक दलहरु तिब्र छलफल र भेटघाटमा व्यस्त भएका छन् 

त्यसो त सोमबार बिहान गठबन्धन दलको बैठक बोलाईएको छ। सो बैठकमा मन्त्री हेरफेरबारे निर्णय हुने चर्चा छ 

सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुले उठाएका प्रश्नको जवाफ दिने तयारी रहेको छ। सभामुख देवराज घिमिरेले फागुन २१ गते सोमबारको बैठकमा विपक्षी दलले उठाएका प्रश्नको जवाफ दिन सरकारको नाममा रुलिङ नै गरेका थिए । 

एमाले, रास्वपा र राप्रपाले विवादमा आएका ३ मन्त्रीले राजीनामा दिनु पर्ने माग गर्दै आएको छ । बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, अख्तियारले छानबिन गरिरहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र सरकारी जग्गा १०० वर्षको लागि निजी कम्पनीलाई दिने निर्णय गरेर विवादमा आएका पर्यटन मन्त्री सुदन किरातीले  राजीनामा नदिए संसद नै चल्न नदिनेसम्मको चेतावनी विपक्षी दलले दिएका छन्। सोहि कारण ति मन्त्रीबारे निर्णय लिनु पर्ने दबाबमा प्रधानमन्त्री छन् । यी मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने चर्चा पनि छ 

त्यसो त् पछिल्लो समय अर्थ मन्त्री डा. प्रकाश शरण महतप्रति प्रधानमन्त्रीले अशन्तुष्टी प्रकट गरिरहेका छन् । र कांग्रेस गृह मन्त्री नारायणकाजी प्रति शशंकित छ । यी दुई मन्त्रालय साटेर कांग्रेसले गृह मन्त्री र माओवादीले अर्थमन्त्री लिने चर्चा पनि रहेको छ । यसो भएमा माओवादीबाट वर्षमान पुन अर्थमन्त्री बन्न सक्ने बताईन्छ 

आज नै कांग्रेस सभापति शेर बहादुर देउवाले आफ्ना मन्त्रीहरुलाई आफ्नो निवास बुढानिलकण्ठ बोलाएर छलफल गरेका छन् । छलफलमा देउवाले मन्त्रीहरु हेरफेर हुन सक्ने भएकोले त्यसको लागि तयार रहन निर्देशन दिएको स्रोतको दाबी छ । आज नै फिनल्याण्ड भ्रमणमा जान लागेका परराष्ट्र मन्त्री एनपी साउदले अन्तिम समयमा आएर आफ्नो भ्रमण रद्द गरेका छन् । गठबन्धन भित्र समस्या देखिएपछि उनको भ्रमण स्थगित भएको बताईएको छ 

उता प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ। छलफलमा अन्य विपक्षी दलका नेता पनि सहभागी भएको र एमाले सहितको नयाँ गठबन्धनको सरकार बन्ने सम्भावना रहेको स्रोत बताउछ। बाम गठबन्धनको चर्चा पनि बजारमा उतिक्कै छ 

पछिल्लो समय राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दाबी गरेपछि कांग्रेस शशंकित भएको छ । कांग्रेसले खासगरी कोशी प्रदेशको राजनीतिमा र राष्ट्रियसभा चुनावमा धोका दिएको माओवादीको विश्लेषण छ । सोहि कारण अब भने राष्ट्रिय सभाको अध्यक्ष नछाड्ने मुडमा माओवादी छ । यहि कारण एमाले र मओवादी पछिल्लो समय नजिकिएका छन् । 

एमाले र माओवादी मिल्न सक्ने चर्चाले कांग्रेसले संक्रमणकालीन न्याय सम्बन्धि विधयेक (टीआरसी)मा अड्को थापेको माओवादी नेताहरुको बुझाई छ। सो विधयेक आज संसदीय समितिबाट पारित गर्नु पर्नेमा कानुन मन्त्री धनराज गुरुङले थप समय चाहिने भनेपछि आज समितिबाट पारित हुन सकेको थिएन।

प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक बोलाएका छन् । मन्त्री हेरफेर, र नयाँ सत्ता समीकरणको चर्चाबीच सोमबार बिहान हुने बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved