कर प्रणालीलाई वैज्ञानिक बनाउन काठमाडौँ महानगरले गठन गर्यो समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2024 | 01:18:44 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले राजस्व संकलन सहकार्य मापदण्ड तर्जुमा गर्न समिति गठन गरेको छ । सोमबार उपप्रमुख एवं राजस्व परामर्श समितिका संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले राजस्व समितिका संयोजक एवं वडा नं. ३२ का अध्यक्ष नवराज पराजुलीको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा वडा नं. १४ का अध्यक्ष सुमन श्रेष्ठ, कार्यपालिका सदस्य मीना सिंह प्रजापती, उद्योग वाणिज्य महासंघका प्रतिनिधि कृष्णप्रसाद दुलाल, घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधि सीता कार्की र सदस्य सचिवमा राजस्व विभागका प्रमुख ध्रुव काफ्ले छन्। समितिलाई चैत मसान्तसम्मको अवधि दिइएको छ ।  

‘उपत्यकाका, पालिकाहरुका बिचमा केही राजस्व शीर्षकहरुको दर समान बनाउन सक्ने सम्भावना छ । यस्तै विषयगत तथा वस्तुगत व्यापार संघसँगको सहकार्यमा राजस्व संकलन गर्न सकिन्छ ।’ संयोजक डंगोलले भनिन्, ‘कर प्रणालीलाई बैज्ञानिक बनाउन मापदण्ड बनाउन लागिएको हो ।’ 

करका विविध सवालहरुमध्ये बहाल कर र सम्पत्ति कर आधारका लागि अभिलेख तथा तथ्याङ्कका विषयमा कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने , ‘भवन नक्सा स्वीकृति प्रणाली अनलाइनमा आवद्ध भइसकेको छ । प्रणालीमा भएका भवनहरुका विषयमा सूचना थाहा हुन्छ । यसबाट विगतका व्यहोरेका समस्या समाधान हुँदै जान्छन् ।’ 

बैठकले वडाहरुबाट उत्पादन तथा संकलन भएको सुख्खा फोहोरको न्युनतम ठेक्का अङ्क स्वीकृत गरेको छ । स्रोतमा र ट्रान्सफर स्टेशनमा वर्गीकरण भएको सुख्खा फोहोर विक्रीका लागि आय ठेक्का कार्यविधिबमोजिम न्यूनतम अङ्क तोकिएको हो । यसको विक्री प्रक्रिया अगाडि बढाउन वातावरण व्यवस्थापन विभागमा पठाउने समितिले निर्णय गरेको हो । 

महानगरपालिकाको आर्थिक ऐनको दफा १८ बमोजिम २९ प्रकारका सुख्खा फोहोरको दर तोकिएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved