आज पनि संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2024 | 09:45:22 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार पनि संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजेको लागि बोलाईएको छ।

आजको बैठकमा  ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले "अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता (Framework Agreement on the establishment of the International Solar Alliance (ISA))" पेश गर्ने कार्यसूची छ। त्यस्तै उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले "विमस्टेक वडापत्र (BIMSTEC Charter) माथि सामान्य छलफल गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

  कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले “सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

आजको बैठकमा आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved