माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2024 | 10:35:20 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको हो ।

सुन तस्करी प्रकरणमा छानबिनको लागि प्रहरीले उनलाई पक्राउ गरेको हो  । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । 

उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको आयोगले पूर्व सभामुख महरा दोषी रहेको ठहर गर्दै उनीमाथि मुद्दा चलाउन सिफारिस गरेको थियो । चैत १ गते बिहीबार आयोगले गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए ।

गृहमन्त्रीले सो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका थिए । मन्त्रिपरिषदको बैठकले नै प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved