सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा रिहा भए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2024 | 01:58:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा रिहा भएका छन् । महरा हाजिरी जमानतमा शुक्रबार दिउँसो रिहा भएका हुन्।

महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडिएको सीआईबीले जनाएको छ ।

गत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको नौ किलो सुन तस्करीमा सङ्लग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएकाले अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । 

अघिल्लो पटक सिआइबीले उनीमाथि बयान कागज गराएर छाडेको थियो । सोही प्रकरणमा महराका छोरा राहुल हाल पुर्पक्षका लागि थुनामा छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved