महानगरले सुक्खा फोहोर बेच्ने, ठेक्का प्रस्ताव आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2024 | 02:15:27 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिकाले सुक्खा फोहोर बिक्री गर्ने भएको छ । त्यसका लागि महानगरले प्रस्ताव आह्वान समेत गरेको छ ।

महानगरको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै महानगरमा संकलन हुने सुक्खा फोहोर बिक्री गरि आय संकलन गर्ने प्रस्ताव आह्वान गरेको हो ।

काठमाडौं महानगरपालिकाको कार्यालयले विभिन्न वडाबाट टेकू ट्रान्सफर स्टेसनमा दैनिक रुपमा संकलन हुने सुक्खा फोहोरको विभिन्न अवयवहरु बिक्री गर्नका लागि प्रस्ताव आह्वान गरेको जनाएको छ । महानगरकाअनुसार न्यूनतम दररेटमा बढाबढमा बोलकाबेल गरी सुक्खा फोहोर गरिद गर्न चाहनेलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।

सूचनाकाअनुसार आन्तरिक राजस्व कार्यालयमा भ्याट दर्ता भएका इच्छुक व्यक्ति, कम्पनी तथा फर्महरुलाई सूचना प्रकाशित भएको मितिबाट आगामी ३० दिनभित्र प्रस्ताव पेश गर्न महानगरले आह्वान गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved