योजना आयोगका नवनियुक्त ४ सदस्यले लिए सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2024 | 05:41:35 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय योजना आयोगका नवनियुक्त ४ सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । उनीहरुले उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।

शुक्रबार सिंहदरबारस्थित आयोगको कार्यालयमा नवनियुक्त सदस्यहरु डा. अरनिको पाण्डे, प्रा. संगीता सिंह, डा।. कुशरेन्द्रबहादुर महत र प्रा.डा. शिवराज अधिकारीले उपाध्यक्ष समक्ष सपथ लिएका हुन् ।

सपथ ग्रहण गरेसँगै चारै जना सदस्यले शुक्रबार नै पदवहाली समेत गरेका छन् । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved