आज पनि संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2024 | 09:04:36 AM मा प्रकाशित

laxmi  sunrise bank

आज चैत्र २१ गते बुधबार पनि प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजे बोलाईएको छ ।

आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले “संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको “राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथी छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने र “राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस बाहेक नियमित आकष्मिक समय, शुन्य समय र विशेष समयमा सांसदहरुले आफ्नो भनाईहरु राख्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved