लगानी बोर्डद्वारा १०५ अर्बको लगानी स्वीकृत, ९९ अर्ब हाइड्रो र सोलारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2024 | 12:42:52 PM मा प्रकाशित

laxmi  sunrise bank

लगानी बोर्डले विभिन्न ५ वटा परियोजनाको लागि १ खर्ब बढीको लगानी स्वीकृत गरेको छ । आज प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको ५७ औ बोर्ड बैठकले यो लगानी स्वीकृत गरेको हो 

बैठकले विभिन्न ४ वटा जलविद्युत तथा सोलार कम्पनीको लागि ९९ अर्ब २० करोड र हुवासिन सिमेन्टको लागि ६ अर्ब ६० करोड गरि कुल १ खर्ब ५ अर्ब ६० करोड लगानी स्वीकृत गरेको हो 

बोर्डका अनुसार हाइड्रोतर्फ सुपर तमोर, अपर मोदी ए, र  लोअर मनाङको लागि लगानी स्वीकृत भएको हो  । त्यस्तै २५० मेगावाटको सोलारको लागि पनि लगानी स्वीकृत भएको छ  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved