उपनिर्वाचनको लागि आज उम्मेदवार दर्ता हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2024 | 09:43:09 AM मा प्रकाशित

laxmi  sunrise bank

 वैशाख १५ गते हुने उपनिर्वाचनको लागि आज शनिवार उम्मेदवारी दर्ता हुँदै छ  । प्रतिनिधिसभा अन्तर्गत इलाम-२  र प्रदेशसभा अन्तर्गत बझाङ १(१) मा आगामी वैशाख १५ गते हुने  उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुन लागेको हो।

निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको समय तय गरिएको छ ।  आजै साँझ नै मनोनयन सूची प्रकाशन हुनेछ भने आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ । सोही दिनको अपराह्न ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने, २६ गते बेलुका उम्मेदवारको नामावली प्रकाशन गरिने, २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय तय गरिएको आयोगले उल्लेख गरेको छ ।

२७ गते दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र पाँचबजेसम्म निर्वाचन निह्न प्रदान गरिने कार्यतालिका छ । मतदान भने २०८१ वैशाखा १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ ।

इलाममा तत्कालीन सांसद सुवास नेम्वाङको निधन भएपछि र बझाङमा कांग्रेसबाट निर्वाचित  पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएकोले निर्वाचन हुन लागेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved