
महालेखापरीक्षकमा तोयम राय नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा रायालाई नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम महालेखापरीक्षक पदमा नियुक्त गरेका हुन् ।
उनको कार्यकाल ६ वर्षको हुनेछ। सर्वोच्च अदालतका प्रधानन्यायधीशबाट सपथ लिएपछि उनले कार्यभार सम्हाल्ने छन् ।
गत मंगलबार बसेको बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले रायालाई सर्वसम्मत महालेखापरीक्षकमा अनुमोदन गर्ने निर्णय गरेको थियो । रायाले बैठकमा १५ पृष्ठको कार्ययोजना प्रस्तुत गर्दै बेरूजू कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। यस अघि उनी राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव ( प्रमुख तथ्याङ्क अधिकारी ) थिए । महालेखापरीक्षकमा सिफारिस भएसंगै उनले सचिव पदबाट राजीनामा दिएका थिए ।
गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो । महालेखापरीक्षकका लागि १६ जनाको आवेदन परेको थियो ।