महालेखापरीक्षक तोयम रायाले लिए पद तथा गोपनीयताको शपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2024 | 04:32:59 PM मा प्रकाशित

nepal oil ltd

नवनियुक्त महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले रायलाई पद त्तहा गोपनियताको सपथ दिलाएका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको सो कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति थियो ।

तोयम राया आज नै महालेखापरीक्षकमा नियुक्त भएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा रायालाई  नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम महालेखापरीक्षक पदमा नियुक्त गरेका हुन्। उनको कार्यकाल ६ वर्षको हुनेछ। 

गत मंगलबार बसेको बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले रायालाई सर्वसम्मत महालेखापरीक्षकमा अनुमोदन गर्ने निर्णय गरेको थियो । रायाले बैठकमा १५ पृष्ठको कार्ययोजना प्रस्तुत गर्दै बेरूजू कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। यस अघि उनी राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव ( प्रमुख तथ्याङ्क अधिकारी ) थिए । महालेखापरीक्षकमा सिफारिस भएसंगै उनले सचिव पदबाट राजीनामा दिएका थिए ।

 गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो। महालेखापरीक्षकका लागि १६ जनाको आवेदन परेको थियो। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved