‘नेपाल भ्रमण वर्ष–२०२०’, प्रदेशमा पनि समिति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 04, 2019 | 05:11:07 PM मा प्रकाशित

laxmi  sunrise bank

‘नेपाल भ्रमण वर्ष–२०२०’ मूल आयोजक समितिको बैठक सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकले भ्रमण वर्षको कार्यक्रम तत्काल निर्माण गरी कार्यान्वयनमा लैजान कार्यक्रम कार्यान्वयन उपसमितिलाई निर्देशन दिएको छ ।

बैठकले कार्यक्रम सञ्चालन कार्यविधि तयार पारी मन्त्रीपरिषद्को बैठकमा पेश गर्ने निर्णयसमेत गरेको छ । भ्रमण वर्षलाई सफल बनाउन प्रदेशमा पनि पर्यटन मन्त्रीको अध्यक्षतामा समिति बनाउने निर्णय समेत बैठकले गरेको छ । बैठकमा बोल्दै पर्यटनमन्त्री अधिकारीले प्रदेशको विशेषता र आवश्यकता अनुसार पर्यटनमन्त्रीको अध्यक्षतामा समिति निर्माण गर्न निर्देशन दिएका थिए ।

सरकारले सन् २०२० भित्र २० लाख पर्यटक भित्रयाउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष–२०२० मनाउने घोषणा गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved