भारतमा १५ सेकेन्डमा ६० भन्दा बढी मान्छे चिर्दै निस्कियो रेल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 20, 2018 | 07:55:41 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको अमृतसर सहरमा रेल दुर्घटना हुँदा ५९ जना भन्दा बढीको ज्यान गएको छ। दुर्घटनामा १५० जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

हिन्दु धर्मका पौराणिक पात्र रावणको पुत्ला जलाइने वार्षिक दशहरा पर्व हेर्न लिग नजिकै भेला भएका मानिसलाई रेलले किचेको हो । स्थानीय समय अनुसार शुक्रबार बेलुकी साढे ६ बजेतिर रेलको ट्र्याकमा बसेका मानिसलाई तीव्र गतिमा आएको रेलले किचेको थियो।

दुर्घटनाका बेला साँझ परिसकेको र सो रेल लिक केही घुमाउरो समेत भएका कारण ड्राइभरले लिकमा बसेका भीडलाई देख्न नसकेको बताइएको छ । जालन्धरबाट अमृतसागर गइरहेको रेल तीव्र गतिमा थियो। 

घटनास्थलमा सहभागीहरुले प्रशासन बिरुद्द नाराबाजी गर्दै जुलुस प्रदशन गरेका छन। घटना लगत्तै पिडितहरुलाई राहत स्वरूप मुख्यमन्त्रीले मृत्यु भएका परिवारलाई प्रति परिवार ५ लाख दिने घोषणा गरेका छन।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved