विश्व बजारमा सगुन नेपालको ८ लाख ६९ हजार कित्ता आइपीओ बिक्रि खुला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 10, 2017 | 06:36:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सगुन नेपालले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) बिक्रि गर्ने घोषणा गरेको छ। सगुनमा लगानी गर्न इच्छुक लगानीकर्ताले प्रति कित्ता २३ डलरका दरले न्युनतम १३ कित्ता अर्थात २९९ डलर बराबरको आबेदन गर्नु पर्ने कम्पनीले जनाएको छ। 

संसार भर जुन सुकै कुनामा रहेका लगानीकर्ताले अनलाइन माध्यमबाट सेयर खरिद गर्न सक्ने बिहिबार राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा बताइएको छ। 

सगुनले प्रति कित्ता २३ डलरका दरले कुल ८ लाख ६९ हजार ५ सय ६४ कित्ता नयाँ सेयर (आइपीओं) बिक्रि खुला गरेको हो। सगुनले एक साताअगाडि संयुक्त राज्य अमेरिकाको धितोपत्र कारोबार आयोगबाट स्वीकृति पाएको सगुनका नेपाल प्रतिनिधि अजयवावु शिवाकोटीले बताएका छन। 

इच्छुक लगानीकर्ताले न्युनतम १३ कित्ता किन्नु पर्ने छ। न्युनतम १००० डलर र त्यो भन्दा माथिको सेयर खरिद गर्ने लगानीकर्ताको लागि कम्पनीले  बिशेष सेवा तथा सुविधा प्रदान गर्ने जनाएको छ। 

'लगानीको महत्वपूर्ण अबसर आफ्नो समुदायका ब्यक्तिलाई बाँड्न चाहेको छु' सगुन नेपालका संस्थापक गोविन्द गिरीले बताए। सगुनले उपलब्ध गराउन सक्ने सम्भावित वित्तीय फाइदाबाट लगानीकर्ता लाभान्वित हुने उनले बताए। अमेरिकाको जब एक्ट २०१३ अन्तरगतको व्यवस्था बमोजिम आफुहरुले समाजका विभिन्न पक्षहरुमा सकारात्मक प्रभाब पार्न सक्ने भएको उनले बताए।

नियमन अनुसार पहिले आबेदन दिनेले सगुनको सेयर प्राप्त गर्ने छन्। बिक्रि खुला गरिएको कुल सेयरमा आबेदन प्राप्त भैसकेपछि बिक्रि बन्द हुने छ। यस व्यवस्था अनुसार एकै जनाले समेत सबै सेयर खरिद गर्न सक्ने छन। 

कम्पनीले अघि सारेका काम पुरा गर्न लगानीको श्रोत जुटाउने अभियानका रुपमा आइपिओ जारी गरिएको सगुन नेपालका संस्थापक गिरीले बताए। । पछि पुनः आइपिओ जारी गरिने पनि उनले बताए। 

सगुनले २०७४ सालभित्र ३० करोड लगानी नेपालमा गर्ने योजना बनाएको छ। सगुनले सगुन इण्डिया नामको कम्पनी मार्फत भारतमा मोबाइल एप्स सार्वजनिक गर्दैछ । हाल ४ लाख २५ हजार मानिसले सगुन उपयोग गरिरहेको बताइएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved