नेपाली चलचित्र ‘आप्पा’ का निर्माता लेप्चाले जिते पश्चिम बंगालमा चुनाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2021 | 04:26:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली चलचित्र ‘आप्पा’ का निर्माता रुदेन सादा लेप्चाले भारतको पश्चिम बंगालको विधान सभा निर्वाचनमा दार्जिलिङको लोकसभा सिटमा चुनाव जितेका छन् । कालिम्पोङ जिल्लाको प्रतिनिधित्व गर्दै उनले चुनाव जितेका हुन् । 

भारतको निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारको हैसियतमा लेप्ताले चुनाव जितेको बताएको छ । 

२२ औं नम्बरका उम्मेदवार रहेका उनले भारतीय जनता पार्टी (बीजेपी) का शुभ प्रधानसहित ६ जना उम्मेदवारलाई पछि पारेका हुन् । आफ्ना निकटतम प्रतिस्पर्धीलाई ४ हजार मतले हराउँदै उनले चुनाव जितेको बताईएको छ । 

सन् २०१९ मा रिलिज भएको नेपाली चलचित्र आप्पाका निर्माता रहेका लेप्चाले उक्त फिल्म नेपाल र भारतमा एकसाथ रिलिज गराएका थिए । उक्त फिल्मको मुख्य कलाकार दयाहाङ राई थिए । 

लेप्चाले चुनाव जितेपछि उनका नेपाली फिल्म सहकर्मी एवं कबड्डी फिल्म निर्माता मणीराम पोखरेल लगायतले बधाइ दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved