एउटा यस्तो अपरेशन जसले विमान विस्फोट गराउने आतंकवादी योजना विफल बनायो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 30, 2017 | 12:21:06 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

अष्ट्रेलियाका प्रधानमन्त्री म्याल्कोम टर्नबुलले प्रतिआतंकवाद प्रहरीले विमान खसाल्ने एउटा योजना विफल बनाइदिएको बताएका छन्। प्रहरीले सिड्नी क्षेत्रमा चारवटा घरमा छापा मारेका छन् र चार जनालाई गिरफ्तार गरेका छन्। अनुसन्धानकर्ताहरुले उक्त हमलाको तयारीमा विस्फोटक सामग्रीको प्रयोग गर्ने योजना पनि बुनिएको बताएका छन्। अष्ट्रेलियाका सबै विमानस्थलहरुमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।

अष्ट्रेलियाका अनुसन्धानकर्ताहरु भन्छन् उनीहरुले विस्फोटक सामाग्रीको प्रयोग गरी विमानलाई विस्फोटन गराउन लागिएको सुचना पाएका थिए। प्रधानमन्त्री टर्नबुलले एउटा ठूलो प्रतिआतंकवाद विरोधी कारबाही अन्तर्गत सो योजना विफल बनाइएको जानकारी दिएका छन्। भारी हातहतियारले सुसज्जित प्रहरी र अष्ट्रेलियाको घरेलु गुप्तचर निकायका सदस्यहरुले सिड्नीका विभिन्न ठाउँमा छापा मारेर कम्तीमा चार जनालाई पक्राउ गरेका छन्। सो सम्भावित आक्रमणको जोखिम कुन स्तरको थियो भन्ने चाँहि स्पष्ट भइसकेको छैन्।

आफ्ना श्रीमान र छोरा गिरफ्तार भएको बताउने एक जना महिलाले उनीहरुको उग्रवादीहरुसँग कुनै सम्बन्ध नरहेको बताएकी छन्। सिड्नी विमानस्थलमा थप सुरक्षा सतर्कता कायम गरिएको छ र देशका अन्य भागहरुमा पनि थप सुरक्षाकर्मी खटाइएको छ। प्रधानमन्त्री टर्नबुलले यात्रुहरुलाई धैर्य धारण गर्न भनेका छन् र 'आत्मविश्वासका साथ आफ्ना काममा जान' आग्रह गरेका छन्। अष्ट्रेलियामा आतंकवादको जोखिमको तहलाई 'सम्भाव्य' भनिएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved