भारतको हिमान्चल प्रदेश राज्यमा पहिरोले केहि सवारीसाधन बगाउंदा ५० जना भन्दा बढीको मृत्यु भएको छ । हिमाचल प्रदेशको मंडी जिल्लामा आइतबार राती रोकि राखेको २ बस सहित केहि साना सवारीसाधन माथिबाट खसेको पहिरोले बगाएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
टाइम्स अफ इन्डियाका अनुसार स्थानीय समय १२:२४ बजे नास्ताको लागि बस रोकेको बेलामा पहाड नै खसेर गाडीहरु बगाएको हो । पहिरोले पुरिएर अझै केहि बेपत्ता भएको बताईएको छ । पुरिएको बस हिमाचल सड़क परिवहन निगमको थिए ।
दुर्घटमा परेको बस मध्ये एक बस मनाली र अर्को बस जम्बु जादै थिए ।
नेपाल जस्तै यतिबेला भारत पनि बाढी र पहिरोले ग्रसित भएको छ ।