सनराइज बैंकले एक अर्बको ऋणपत्र जारी गर्ने, बार्षिक १० प्रतिशत ब्याज

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 05, 2018 | 01:49:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले एक अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ। 'सनराइज डिबेञ्चर २०८०' नाम दिएको ऋणपत्र ५ वर्ष अवधिको हुने र त्यसको व्याज वार्षिक १० प्रतिशत हुने बैंकले जनाएको छ। ऋणपत्रका लगानीकर्ताले बार्षिक दश प्रतिशत ब्याज अर्धबार्षिक रुपमा प्राप्त गर्नेछन।  

बैंकले प्रतिकित्ता एक हजार अंकित मूल्यमा १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। निष्काशन हुन लागेको ऋणपत्र मध्ये २० प्रतिशत अर्थात २० करोड रुपैँया बराबरको २ लाख कित्ता सर्वसाधारणका लागि हुनेछ भने बाँकी ८० प्रतिशत व्यक्तिगत तबरबाट बिक्री हुनेछ।    

हाल बैंकमा बचत खाताको ब्याजदर ४ देखि ६ प्रतिशतसम्म रहेको छ। लगानीकर्ताका लागि ऋणपत्र दश प्रतिशत वा सो भन्दा बढी व्याज प्राप्त हुने भएकाले ऋणपत्रमा गरिने लगानी दीर्घकालीन प्रतिफलका हिसाबले उत्कृष्ट अवसर हुने गरेको छ ।

‘सनराइज डिबेञ्चर २०८०’ नाम दिइएको उक्त ऋणपत्र जारी गर्न सनराइज बैंकले प्रभु क्यापिटलसंग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोला प्रसाद पाठकले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

त्यस्तै सानिमा बैंकले दश प्रतिशत ब्याजदर मा नै कार्तिक ३० देखि दुई अर्बको ‘१०५ सानिमा डिवेञ्चर–२०८५’ ऋणपत्र जारी गर्दैछ । सिद्धार्थ बैंकले पनि दुई अर्ब २५ करोड रूपैयाँको ऋणपत्र निष्काशन गर्ने तयारीमा छ। यसमा बार्षिक १०.५ प्रतिशत ब्याज अर्धवार्षिक रुपमा प्राप्त हुने बैंकले जनाएको छ । ऋणपत्र निष्कासन गर्न बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

एनआईसी एशिया बैंकले चौथो पटक ४ अर्ब रुपैयाँको “११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८५/८६”  ऋणपत्र जारी गर्ने भएको छ। ऋणपत्र जारी गर्न नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved