एलआईसी नेपालले गर्यो शतप्रतिशत पुर्नबीमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 03, 2018 | 09:16:24 AM मा प्रकाशित

laxmi  sunrise bank

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी) ले नेपाल पुर्नबीमा कम्पनीमा शत्प्रतिशत पुर्नबीमा गरेको छ। यस सम्बन्धि सहमतिपत्रमा  दुबै कम्पनीबीच भदौ १७ मा सम्झौता भएको हो। 

सम्झौता अनुसार भारतीय लगानी समेत रहेको एलआईसी ले नेपालमा कुल आर्जन भएको वीमा शुल्कको २० प्रतिशत स्वदेशमै पुर्नबीमा गर्नुपर्नेछ। सरकारको नीतिअनुसार शत्प्रतिशत पुर्नबीमा नेपालमै गरिएको एलआईसीका निमित्त प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले बताए । एलआईसीले जोखिम र महाविपत्तिको शत्प्रतिशत पुर्नबीमा गरेको उनले जानकारी दिए ।   

पुर्नबीमा वापतको रकम विदेश जान नदिनका लागि स्थापना भएको यस कम्पनीसंग शतप्रतिशत पुर्नबीमा गर्ने एलआईसी छैठौ कम्पनी भएको छ । यसअघि सुर्या लाइफ, गुराँश लाइफ, सानिमा लाइफ, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा संस्थासंग शत्प्रतिशत पुर्नबीमा सम्झौता गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले जानकारी दिए ।

कम्पनीले २८ मुलुकमा बीमा तथा पुर्नबीमा कम्पनीसंग व्यवसाय गरी बीमा शुल्क आर्जन गर्दै आएको छ। गत आर्थिक वर्षमा ४ अर्ब रुपैयाँ बराबरको पुर्नबीमा व्यवसाय गरेको नेपाल पुर्नबीमा कम्पनीले यो वर्ष ३ अर्ब बढाएर ७ अर्ब पुर्याउने लक्ष्य लिएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved