नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको स्टल बुकिङ खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 08:16:53 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी चैत्रको पहिलो हप्तादेखि काठमाडौंमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ । सरकारको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले मेला आयोजना गर्न लागेको हो । चैत्र ६ देखि १० गतेसम्म भृकुटीपण्डपमा आयोजना हुने मेलाको स्टल बुकिङ खुला भएको महासंघले जनाएको छ ।

महासंघका अनुसार उक्त मेलामा चीनबाट ८० वटा, भारतबाट ४० वटा, बंगलादेशबाट ६० वटा, थाइलैण्डबाट २० वटा तथा पाकिस्तानबाट ५ वटा स्टल बुकिङ्गको लागि पत्राचार भई सकेको छ । कूल ३०० भन्दा बढी स्टलमार्फत मेलामा वस्तु तथा सेवाको प्रदर्शनी हुनेछ । नेपाल सहित सार्क मुलुकहरू, चीन, थाइल्याण्ड लगायतका देशहरूको सहभागिता रहनेछ ।

मेलामा प्रवेशका लागि ५० रुपयाँ लाग्ने छ भने विद्यार्थीका लगि ३० रुपयाँ लाग्ने छ ।  यस वर्षको मेला नवौं संस्करण हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved