रियल टाइममा नै खाता खोल्न मिल्ने गरी माछापुच्छ्रे बैंकको थप २ शाखा रहित बैकिङ्ग सेवा सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 02, 2017 | 04:10:06 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक लिमिटेडले दाङको गढवा गाउँपालिकामा  २ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले  कार्तिक १५ गते दाङ स्थित गढवा गाउँपालिका वडा नं १ कालाकाँटे र लमही नगरपालिका वडा नं ८ सतबरीया गरी २ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो । 

बैंकले यूकेएड सक्षमसँगको सहकार्यमाउक्त  स्थानहरुमा २ शाखा रहित बैकिङ्ग सेवा सुचारु गरेको हो । यो सहित माछापुच्छ«े बैंक लिमिटेडको हालसम्म ६ शाखा रहित बैकिङ्ग सेवा सुचारु भईसकेको बैकले जनाएको छ । ग्राहक सेवाकेन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ । 

यूकेएड सक्षमको सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्द«हरु स्थापना गर्ने, १४ जिल्लामा विपन्न वर्ग कर्जाहरु प्रदान गर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्ने जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved