जनता बैक र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 23, 2018 | 01:30:47 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैक नेपाल र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स (Bancassuranceसेवासम्बन्धी सम्झौतासम्पन्नभएको छ । जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत   परशुरामकुंवर क्षेत्री र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत   विजयवहादुर शाहले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

बैंकले आफ्ना निक्षेप तथा कर्जा ग्राहकहरुलाई एक द्वार सेवा प्रणाली मार्फत झन्झट रहित जीवन तथा निर्जीवन बीमा सेवा प्रदान गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडसंग सम्झौता गरेको जनाएको छ। 

यस सम्झौता अनुसार ग्राहकहरुले जनता बैंकको शाखा कार्यालयहरुबाट छिटो,छरितो तथा सहज रुपमा उक्त कम्पनीहरुको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने छन् । 

यस बाट ग्राहकहरुले एकै स्थानबाट बैंकिङ सेवाका अतिरिक्त बीमा सम्बन्धि सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन् भन्ने बैंकले अपेक्षा लिएको जनाएको छ । 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved