कामना सेवा विकास Kamana Sewa Bikas Bank Limited का ग्राहकहरुले चितवनको भरतपुर महानगरपालिकाको भरतपुर सेन्ट्रल हस्पिटल र नेशनल सिटी हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र हस्पीटल बीच औषधी तथा उपचारमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतामा कामना बैंकको तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवास भट्टराई र भरतपुर सेन्ट्रल हस्पिटलको तर्फ बाट कार्यकारी निर्देशक शोभाखर घिमिरे तथा नेशनल सिटी हस्पिटलको तर्फबाट हस्पिटल प्रबन्धक बिक्रम अधिकारीले हस्ताक्षर गरेका छन् ।
सम्झौता सँगै अब बैंकका ग्राहकहरुले भरतपुरमा रहेका दुबै हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने छन् ।
काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका रहेका ८४ वटा शाखा तथा ३९ वटा एटिएम मार्फत सेवाग्राहीलाई सम्पुर्ण बैंकिङ सेवाहरु प्रदान गरिरहेको छ ।