१८१ प्रतिशतले बढ्यो आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2024 | 10:31:30 AM मा प्रकाशित

laxmi  sunrise bank

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण बुधबार प्रकाशित गरेको छ ।  वित्तीय विवरण अनुसार उक्त अवधिसम्ममा कम्पनीको अधिकांश सूचकमा बृद्धि भएको पाइएको छ ।

कम्पनीले समीक्षा अवधिसम्ममा ४६ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १८१ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको स्पेशल रिजर्भ शिर्षकमा १ अर्ब ६५ करोड रुपैयाँ छ । यसैगी, कम्पनीकोे सञ्चिती जगेडा कोषमा २७ करोड ९७ लाख रुपैयाँ छ । 

त्यस्तै, समीक्षा अवधिमा कम्पनीले २ अर्ब २८ करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २८ करोड ४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन पनि बढेको छ ।

समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ४१ करोड ७२ लाख रुपैयाँ खर्च गरेको छ । यस्तो खर्च गत आवको सो अवधिसम्ममा ८१ करोड ९७ लाख रुपैयाँ मात्र थियो ।

त्यस्तै, कम्पनीले यस अवधिमा ८६ करोड ७३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४६ करोड ७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन बृद्धि भएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २०.५८ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १८१.९२ रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँ छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved