राष्ट्रिय बाणिज्य बैंकले निशुल्क तालिम दिने, आवेदन खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2019 | 03:23:02 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बाणिज्य बैंकले आफ्नै एकेडेमी स्थापना गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आरबिबि ईमपावरमेन्ट एकेडेमीको स्थापना गरेको हो ।

फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले एकेडेमी सुरु गरिएको बनकले जनाएको छ ।  बैंकका अनुसार यस एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ लिन सक्ने छन् । यस एकेडेमीले २०७६ कार्तिक १ गते बाट नै निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तिन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ्ग विषयगत तयारी कक्षा संचालन गर्दैछ ।

पहिलो चरणको ट्रेनिङ्ग, प्रदेश नं.३ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विधार्थीहरुलाई मात्र लक्षित गरी आवेदन आव्हान गरीएको छ । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विदार्थीहरुले यसबाट लाभ लिन सक्ने बैंकले जनाएको छ । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने यस तालिम, बैंकको दरबारमार्ग काठमाण्डौ स्थित तालिम केन्द्रमा आगामी कार्तिक २२, २३ र २४ गते आयोजना हुनेछ । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ५५ वर्षको गर्भीलो इतिहास बोकेको सरकारी बैंकको नाताले युवा वर्गहरुको वृतिविकाशका लागी र समाजलाई केही योगदान दिने उद्देश्यले यो तालिम केन्द्रको शुरुवात गरीएको कुरा बताए । वित्तिय क्षेत्रमा आफ्नो करीयर बनाउन ठूलै शिक्षित जमातहरु लालायीत भइरहेको परिप्रेक्षमा , रोजगार उन्मुख यस्ता किसिमका तालिमहरुले युवकहरुको वृतिविकाशमा धेरै सहयोग गर्ने उनले बताए । 

सम्भवतः नेपालमै पहिलो पटक बैंकले निशुल्क रुपमा आयोजना गरेको युवा लक्षित यस्तो किसिमको रोजगारी उन्मुख तालिमहरु निकट भविश्यमै अन्य प्रदेशहरुमा पनि संचालन गरीने बैंकले जनाएको छ । यस कार्यक्रमको लागि रोजगारी साझेदारको रुपमा जब डाईनामिक्स रहेको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved