१३ वाणिज्य बैंकले घटाए ब्याजदर, २ वटाले बढाउँदा ४ को स्थिर (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2024 | 09:00:32 AM मा प्रकाशित

laxmi  sunrise bank

हाल संचालनमा रहेका २० वटै वाणिज्य बैंकले २०८१ वैशाख महिनाको लागि निक्षेपमा प्रदान गर्ने नयाँ ब्याजदर प्रकाशन गरेका छन् । प्रकशित ब्याजदर अनुसार १३ वटा बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएका छन्। जस मध्ये एनआईसी एशिया बैंकले सबैभन्दा धेरै ०.७९९ प्रतिशत बिन्दुले व्यक्तिगत तर्फको निक्षेपको ब्याज घटाएको छ

व्यक्तिगत निक्षेपतर्फको ब्याज घटाउने अन्य बैंकमा ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक,लक्ष्मी सनराइज बैंक,प्रभु बैंक, नेपाल एसबिआई बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक,नेपाल बैंक, सिटिजन्स बैंक, प्राइम बैंक र सानिमा बैंक रहेका छन् । यी मध्ये सिटिजन्स र राष्ट्रिय वाणिज्य बैंक बाहेक अन्य बैंकले संस्थागत निक्षेपतर्फको ब्याज पनि घटाएका छन् । सिटिजन्स र राष्ट्रिय वाणिज्य बैंकले भने संस्थागत निक्षेपतर्फको ब्याज स्थिर राखेका छन् 

५ वटा बैंकले भने व्यक्तिगत निक्षेपतर्फको ब्याज स्थिर राखेका छन् । यसरि ब्याज स्थिर राख्नेमा कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, र हिमालयन बैंक रहेका छन् । यी बैंकको संस्थागत निक्षेप तर्फको ब्याज पनि स्थिर छ । 

बाँकि २ वटा बाणिज्य बैंकले भने व्यक्तिगत निक्षेपतर्फको ब्याज बढाएका छन् । एभरेष्ट बैंक र एनएमबि बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याज बढाएका हुन् । जस अनुसार एभरेष्टले व्यक्तिगत निक्षेपतर्फको ब्याज ०.५ प्रतिशत बिन्दुले बढाएको छ भने एनएमबि बैंकले ०.९७० प्रतिशत बिन्दुले ब्याज बढाएको छ । यी दुई बैंकले संस्थागत निक्षेप तर्फको ब्याज पनि बढाएका छन् 

हेर्नुस् कुन बैंकको ब्याजदर कति ? 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved