प्रगतिका लागि परिवर्तनलाई आत्मसाथ गर्नेहरुले नै आज विश्वलाई हाँकेका छन् तर हामि आफ्नो विरासत कायम राखिराख्नलाई हरेक कुरा उस्तै रहोस र भईदियोस भन्ने चाहन्छौं। त्यहि कारण पनि आर्थिक, सामाजिक, संस्कृतिक, राजनीतिक मात्र नभई हरेक कुराले विश्व समाजको तुलनामा पछौटे अवस्थामा छौं।
प्रगतिका लागि परिवर्तन स्वीकार गर्नलाई परिवर्तन स्वीकार गर्नुपर्छ र त्यसका लागि आफुलाई पनि तयार गर्नुपर्छ। तर नेपाली समाजमा आफुलाई तयार गर्न नचाहने तर विरासत चाहि कायम नै राख्न चाहने एउटा ठुलो तप्का छ। जसले गर्दा आजपनि हामि हरेक कुरामा विश्व समाज भन्दा पछि परेका छौँ।
तत्कालिन राजालाई समेत प्रश्न गर्ने गरेका नेपालका मिडियाहरुको स्वन्तन्त्रता पछिल्लो समय केहि 'शक्ति' लाई मन परेको छैन। त्यसमाथि पनि इन्टरनेटको प्रयोग मार्फत मिडियाको काम गरिरहेका 'न्यु मिडिया' को रुपमा देखापरेका अनलाइन मिडिया तथा सोसियल मिडिया युट्युब, टिकटक, फेसबुकको विस्तार तथा फैलावट वर्षौं देखि मिडिया बजारमा दबदबा राख्दै आएका 'एउटा समुह' लाई मन परेको छैन।
सूचना 'होल्ड' हुँदा शक्ति र सम्पति पनि 'होल्ड' भएका थिए र छन् भन्ने कुरा आज मिडिया बजारमा बर्षौदेखि दबदबा राख्दै आएकाहरुका सम्पति हेर्दा पनि थाहा हुन्छ। शक्ति र सम्पतिको लागि लडाई कुन स्तरमा हुने रहेछ भन्ने कुरा 'एउटा समुह' कै सदस्यबीच सार्वजनिक रुपमै भएका 'प्रेस कन्फरेन्सबाजी' बाट पोखिएको थियो।
हिजो 'एउटा समुह' ले जे लेख्दियो त्यो नै सत्य हुने समाज थियो तर अहिले अवस्था बदलिएको छ। इन्टरनेटको प्रयोग मार्फत चलेका टिकटक लगायतका सोसियल मिडिया र अनलाइन मिडियाको प्रयोग मार्फत अहिले आम सर्वसाधारणले जहाँबाट पनि आफ्नो आवाज बोल्न सक्ने भएका छन्। जसले गर्दा त्यो 'एउटा समुह' को एक छत्र रहेको नेपाली समाजले अब विस्तारै विकल्प पनि खोजेको छ।
सिधा कुरासंग जोडिएको अहिलेको घटना न्यायालय र मिडियाबीचको द्वन्द्र जस्तो देखिएपनि यो लडाई 'न्यु मिडिया' र 'एउटा समुह' बीचको हो भन्दा अन्यथा नहोला। न्यायलयलाई सम्मान गर्नु हर कसैको कर्तब्य हो तर न्यायलय पनि अन्तंत संचालन हुने भनेको 'मान्छे' बाटै हो। र मान्छेको गुण नै लोभ र गल्ति हो। त्यसैले न्यालयका धरोधर मानिने 'व्यक्ति' हरु मा पनि लोभ पलाउँन सक्छ र गल्ति हुन् सक्छ। पनि न्यायलय जस्तो पवित्र ठाउँ र त्यसले दिएका अधिकारको दुरुपयोग गरेर आफ्नो स्वार्थ पूर्ति गर्नेको वास्तविक अनुहार आम जनतामाझ ल्याएर न्यायलयको अस्तित्वलाई र विश्वासलाई कायम गराउनलाई पनि मिडियाले आफ्नो भूमिका इमान्दारीताका साथ निर्वाह गर्नुको विकल्प छैन।
जिम्मेवारी निर्वाहको क्रममा हर कोहिबाट गल्ति हुन् सक्छ। यसबाट मिडिया पनि अछुत रहन सक्दैन। त्यसैले त नेपाल सरकारले मिडियाको नियमनका लागि प्रेस काउन्सिल जस्तो सम्मानिय संस्था खडा गरेको छ। मिडियाबाट हुने कुनै पनि किसिमको काम कारबाहीबारे प्रश्नगर्ने अधिकार र प्रश्न गर्न पाउने निकाय प्रेस काउन्सिल नै हो।
प्रेस काउन्सील आजको दिनमा 'एउटा समुह' को मात्र नभई 'न्यु मिडिया' को पनि अभिभावक र नियामक हो। मिडियामा आएका सामाग्रीबारे कसैलाई चित्त नबुझे त्यसको उजुरी गर्ने निकाय मात्र नभई काम कारबाही अगाडी बढाउँने निकाय पनि प्रेस काउन्सिल नै हो। त्यसैले मिडियामा आएका सामग्रीलाई लिएर अरु कसैले हस्तक्षेप गर्नु प्रेस स्वन्त्रतामाथि मात्र नभई प्रेस काउन्सिलको नियामकीय अधिकार माथि पनि हस्तक्षेप गर्नु हो।
त्यसैले अहिले सिधा कुरामाथिको आक्रमण मात्र एउटा मिडियामाथिको आक्रमण नभई समग्र 'न्यु मिडिया' माथिको आक्रमण हो भन्दा अन्यथा नहोला। विश्व समाजले 'न्यु मिडिया' को महत्त्वलाई बुझेर यसको उचित व्यवस्थापन गरिरहँदा नेपाललाई यसलाई प्रतिस्पर्धी सम्झेर, आफ्नो विरासत भत्काउन आएको ठानेर, यसलाई नै नियन्त्रण गर्र्न खोज्नु प्रगतिको लागि परिवर्तनलाई आत्मसाथ् नगर्नु हो।
त्यसैले सिधा कुरामाथिको आक्रमण एउटा मिडिया माथिको आक्रमण मात्र नभई 'न्यु मिडिया' माथिको आक्रमण हो भन्ने बुझेर बेलैमा सबै मिलेर 'न्यु मिडिया' को पक्षमा आवाज उठाउँन सकिएन भने इन्टरनेटको पुस्ताले भविष्यमा आफ्नो अधिकार खोसिएको र अधिकारमाथि नियन्त्रण गरिएको देखेर पछुताएर बस्नुको अर्को विकल्प रहनेछैन।